• फाल्गुन २८ २०८२, बिहीबार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

श्रावण ३० २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । सो पार्टीको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष पुष्पकमल दाहालले बैठकमा राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।