काठमाडौं । अब सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै प्राप्त गर्न सकिने छ । नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको हो ।
राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको हो ।
नीतिमा भनिएको छ, ‘सरकारी कारोबार गर्ने बैंक शाखाहरूले विद्युतीय भुक्तानीका उपायहरू अबलम्बन गरी सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिले सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने छ ।’
अब अनलाइनबाटै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सकिने भएपछि बैंक शाखासम्म जानुपर्ने बाध्यता हट्नेछ ।