काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य नहुने बताएका छन् ।
विशेष महाधिवेशन गराउन केही नेताहरूबाट माग भएको भन्दै त्यसमा असहमति जनाउदै डा. कोइरालाले वर्तमान कार्यसमितिको म्याद थप्ने धारणामा प्रति असहमति जनाएका हुन् । उनले नियमित महाधिवेशनलाई विकल्प नभएको बताए ।
उनले छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्ग्याएर डेढ/दुई महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन ।’
डा. कोइरालाको सचिवालयले जनाएअनुसार शुक्रबार बैठकमा बोल्दै डा. कोइरालाले भने, ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन ।’
उनले आफैँले बनाएको संविधान र कानून नबिर्सन पार्टी पदाधिकारीहरूलाई सचेत पनि गराएका छन् ।