• बैशाख २७ २०८३, आईतवार

खोप केन्द्रसम्म जान नसक्ने ‘जेष्ठ नागरिक’लाई घर-घरमै गएर खोप लगाउन सर्वोच्चको आदेश

श्रावण २९ २०७८, शुक्रबार

काठमाडौँ। सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने ‘जेष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश दिएको छ।

अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।

‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दिर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगि कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनु’, सर्वोच्चको आदेशमा भनिएको छ ।