• मंसिर १२ २०८१, बुधबार

गर्भाधान भइरहेको छैन ?  कतै थाइरोइड भएर त होइन ?

श्रावण २८ २०७८, बिहीबार

धेरै महिलाहरुमा थाइरोइडका कारण गर्भ नबस्ने समस्या देखिन्छ।  थाइरोइड महत्त्वपूर्ण फर्टिलिटी ग्रन्थी हो । र यस ग्रन्थीमा हुने गडबढका कारण सन्तान जन्माउने क्षमतामा ह्रास आउँछ । त्यसैले गर्भाधान गर्नुअघि थाइरोइडको उपचार गर्नुपर्छ।

थाइरोइड ग्रन्थीले राम्रोसँग काम नगरेको अवस्थामा शरीरमा हर्मोनहरुको असन्तुलन हुन थाल्छ । चिकित्सकका अनुसार थाइरोइड हर्मोनमा कमी हुने कारण महिलाहरुमा प्रजनन् स्वास्थ्यसँग जोडिएका समस्याहरुको सामना गर्नुपर्छ ।

यदि थाइरोइडको उपचार समयमा नगराएमा गर्भाधानको समयमा गम्भीर समस्या आउन सक्छ । यसले एनिमिया हुने, गर्भपतन हुने जस्ता समस्या निम्त्याउँछ ।

थाइरोइडले गर्भाधान गर्ने क्षमतामा पार्ने प्रभाव
महिनावारी चक्रमा प्रभाव
थाइरोइड भएको समयमा ओभुलेसन नहुने समस्या हुन सक्छ । ओभुलेसन गर्भाधान गर्नको लागि महत्त्वपूर्ण हुन्छ । ओभुलेसन नभएमा गर्भधानका लागि चाहिने अण्डा बन्न सक्दैन ।

इन्प्लान्टेशन समस्या
थाइरोइडको असरले प्रोजेस्टेरोन लेभलमा पर्न जान्छ । प्रोजेस्टेरोन हर्मोन ओभरीद्वारा प्रसारित हुने गर्छ । यसले गर्भ बनाइराख्ने काम पनि गर्ने भएकाले यसलाई गर्भाधान हर्मोन पनि भनिन्छ । थाइरोइड हुँदा ‘फर्टिलाइज एग’ गर्भाशयसँग जोडिन पाउँदैन र गर्भपतन हुने सम्भावना धेरै हुन्छ ।

शरीरको तापक्रम
थाइरोइडका कारण दिनभरमा शरीरको तापक्रमको सबैभन्दा कम तापक्रममा गिरावट आउने र भ्रुण विकसित नहुने कारण गर्भपतन हुनसक्छ ।