लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहिबार केसीलाई सपथग्रहण गराएका हुन् ।
उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन प्राप्त भएको थियो ।