काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्। १४ औं महाधिवेशन सयममै गर्न माग गर्दै ‘सबल कांग्रेसका लागि हाम्रो अभियान’मा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्।
समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिए। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन्।
उनीहरुले संबैधानिक संकटबाट कांग्रेसलाई जोगाउँ, समायोजनका नाममा भएको धाँधली खारेज गरौं, समयसिमा भित्रै महाधिवेशन सुनिश्चित गरौं लेखिका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।