• फाल्गुन २७ २०८२, बुधबार

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच १४ औं महाधिवेशन सार्ने सहमति

श्रावण २७ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। यस्तैमा कांग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।

२०७२ साल फागुनमा भएको १३ औं महाधिवेशनबाट सभापति बनेका देउवालाई समयमै महाधिवेशन गरेर कांग्रेसको वैधानिकता जोगाउने दायित्व छ। महाधिवेशनको त्यो मिति अन्तिम पल्ट सरेर आउँदो भदौ १६ गतेदेखि १९ सम्मका लागि तय भएको छ।

महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने गरी नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।