• फाल्गुन २७ २०८२, बुधबार

आदिवासी जनजातिको उत्थानबिना देशको विकास असम्भव छ: डा. महत

श्रावण २७ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान भएको बताएका छन् ।

आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सह महामन्त्री डा महतले भने, ‘नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थानबिना देशको विकास असम्भव छ ।’

सह महामन्त्री डा महतले कांग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको हितका पक्षमा काम गरिरहेको बताउदै कांग्रेसको सरकारकै नेतृत्वमा निर्माण भएको देशको वर्तमान संविधानमा समावेशी सिद्धान्तबमोजिम नै महिला, आदिवासी जनजाति, दलितलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको पनि बताए ।

सह महामन्त्री डा महतले सम्पूर्ण आदिवासी जनजाति कांग्रेसको समावेशी नीति र कार्यक्रमलाई जनताका सामु लैजानुपर्ने बताए ।