काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । घिसिङले आज नियुक्तिपत्र बुझ्ने उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूषालको सचिवालयले जनाएको छ।
आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर २०७७ साल भदौँमा प्राधिकरणबाट बिदा भएका उनी दोस्रो कार्यकालका रुपमा प्राधिकरण प्रवेश गरेका हुन् ।
घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको सुविधासहित सरुवा गरिएको पनि स्रोतले जनाएको छ ।