काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मामाथि जो चोर उसको ठूला स्वर भन्दै कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा ओलीले बोलेको विषयलाई लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले कटाक्ष गरेका हुन् ।
भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको आफूलाई याद आएको भन्दै उनले पटकपटक संविधानको उल्लंघन, संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे कुनै क्षमायाचना नगरी उल्टै ठूलो स्वर गरेको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वटरमा लेखेका छन् ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो । पटक–पटक संविधानको उल्लंघन, संसदको हत्या,अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठुलो स्वर !’