काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमत सहित आफू मूल ढोकाबाट फेरि सरकारमा आउने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ पुन:मूल बाटोबाट आउने बताए।
‘म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,’ ओलीले भने ।
उनले आफूलाई काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्धत्री बनाएका हुन्,’ उनले भने ।
त्यस्तै उनले वर्तमान सरकार परिवर्तनको विषय विकृत तरिकाबाट भएको भन्दै आफूमाथि प्रहार भइरहेको भन्दै आफू सुखी नेपाल, समृद्ध नेपालीको उद्देश्य बोकेर हिँडेको मान्छेलाई गाली गलौचले फरक नपार्ने बताए । उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई गर्न नदिने भनेकाले आफ्नै पार्टीभित्रका साथीहरूलाई समस्या परेको हुनसक्ने बताए ।