• फाल्गुन २७ २०८२, बुधबार

केपी ओली राजनेता होइनन्, भ्रष्टाचारका नाइके मात्रै हुन् : रमेशजंग रायमाझी

श्रावण २६ २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता मान्नै नसकिने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद् रायमाझीले ओलीलाई भ्रष्टाचारका महान नायकको संज्ञा दिए ।

“केपी शर्मा ओली भ्रष्टाचारका महान नयाक हुन् । कांगेसले ओली सरकारलाई दुई वर्ष वर्षसम्म आँखा चिम्लेर समर्थन गरेको थियो,” उनले भने,“तर, ओली सरकार पटक–पटक भ्रष्टाचारमा डुब्यो । कोभिडका बेला झन् ठूलो भ्रष्टाचार भयो । केपी शर्मा ओली भ्रष्टाचारको महान् नायकलाई तह लगाउन पाँच दलीय गठबन्धन बनेको हो ।”

उनले ओलीका पालामा अरबौँ भ्रष्टाचार भएको पनि टिप्पणी गरे । “अरबौँ भ्रष्टाचार गर्ने केपी ओली राजनेता होइन्, भ्रष्टाचारका नाइके मात्रै हुन्,” उनले भने ,“उनी माफियासँग मिले, अरबौँको सरकारी सम्पत्ति व्यापारीलाई सुम्पिए । माफियाहरुसँग सरकारको संलग्नता हुन्छ ?”

उनले केपी ओली नेतृत्वको सरकारका पालामा भएको औषधि खरिदको अनियमितताबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग समेत गरेका छन् । ‘ओली सरकारले औषधि खरिद गर्दा अरबौं भ्रष्टाचार भएको छ । यसबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गरियोस्,’ उनले भने ।