• फाल्गुन २७ २०८२, बुधबार

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

श्रावण २६ २०७८, मंगलवार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएपछि ओलीले संसदमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ ।