नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारको छानबिन गर्ने भए लडाकुको शिविरबाट सुरु गर्न सुझाव दिएका छन् ।
उनले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो सुझाव दिएका हुन् ।
“क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जा लगायतका विषयमा छानबिन गर्नुपर्छ,” उनको भनाई थियो, “वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी कहिले भए ? संलग्न गठबन्धनकै नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र हो ? ”
उनले एमालेले देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने बताए ।
“एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता भएको होइन ?,” उनको प्रश्न थियो, “ १६५ को मत विश्वासको मत लिँदा लिएको होइन ? किन पास गर्न नसकेको ? किन हामीलाई दोष दिएको ?”