काठमाडौँ। सरकारले सबै तहका कर्मचारीको तलबमान वृद्धि गर्ने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले सबै तहका कर्मचारीको तलबमान तय गरेको जानकारी दिएका छन् ।