काठमाडौँ । जनता समाजवादी पाटी (जसपा) मा अब ३५ जनाको कार्यकारिणी समिति रहने भएको छ ।
जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो ।
निर्वाचन आयोगले आज सो बारेमा निर्णय गर्दै यसअघि नै आधिकारिकता दिएको ३५ जनाको कार्यकारिणी समितिलाई मान्यता दिएको आयोगले जनाएको छ ।
आयोगमा ५१ जनाको केन्द्रीय कार्यकारिणी समितिबाट ३५ जनाको केन्द्रीय कार्यकारिणी समिति रहने गरी अध्याबधिक भएको छ ।
आयोगको निर्णय अनुसार अब उपेन्द्र यादव ३५ जना कार्यकारिणी समितिसहितको एकल अध्यक्ष भएका छन् । त्यससँगै महन्थ ठाकुरको भने अध्यक्ष पदबाट नाम हटेको छ ।
ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको एक नेताले जानकारी दिए ।
ठाकुरसहित जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लक्षमणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरु अब साधारण सदस्य मात्रै भएका छन् ।
जसपाभित्रको आन्तरिक विवाद समाधानका लागि परेको निवेदनमा सुनुवाई गर्दै आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो ।