• फाल्गुन २७ २०८२, बुधबार

प्राधिकरणमा कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी

श्रावण २५ २०७८, सोमबार

काठमाडौँ । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: ल्याउने तयारी गरेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको बुझिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उनको प्रस्ताव स्वीकार गरेको खण्डमा घिसिङले दोस्रोपटक प्राधिकरणको नेतृत्व सम्हाल्ने छन् ।

हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको उर्जा मन्त्रालय स्रोतले जनाएको छ ।