• फाल्गुन २७ २०८२, बुधबार

एमालेको केन्द्रीय कमिटी बैठक शुरु

श्रावण २५ २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक शुरु भएको हो।
बैठकमा माधव नेपाल समूहको भने सहभागिता छैन ।

यसअघि सोमबार नै बसेको स्थायी कमिटीले बैठकले विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो । उक्त प्रस्तावमा केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।

आजको बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुने बताइएको छ। ।