• फाल्गुन २७ २०८२, बुधबार

जसपाका तीन सांसदको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

श्रावण २५ २०७८, सोमबार

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का ३ सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको भन्दै जसपाको उपेन्द्र यादव समूहले तीनैजना सांसदलाई कारबाही गरेको थियो ।
पार्टीको सो निर्णयविरुद्ध उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।