काठमाडौँ। नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघि बैठक शुरु भएको हो।
आजै अपरान्ह ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु अनुपस्थित भएपनि उपाध्यक्ष बामदेव गौतम भने बैठकमा उपस्थित भएका छन् ।
आजको बैठकमा पार्टी विधानको मस्यौदालाई स्थायी कमिटी बैठकले करिब अन्तिम रुप दिने बताइएको छ ।