• बैशाख २७ २०८३, आईतवार

पाल्पामा नेकपाको सम्मेलन, रानामगर नगर समिति सेक्रेटरी चयन

श्रावण २४ २०७८, आईतवार

रुपा सेनठकुरी, पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टी पाल्पाको रामपुर नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लंकबहादुर रानालाई सेक्रेटरीमा चयन गरेको छ । सम्मेलनबाट ११ सदस्यीय कमिटी चयन गरेको छ ।

सो अवसरमा राजनीतिक विषयमा प्रशिक्षण पनि चलाइएको प्राप्त समाचारमा बताइएको छ । संयुक्त प्रशिक्षण कार्यक्रममा निस्दी गाँउपालिका र रामपुर नगरपालिकाका प्रतिनिधि र परिवेक्षकहरु उपस्थिति थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला इञ्चार्ज अपेक्षा, जिल्ला सचिव प्रभातले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । उनीहरुले मन्तव्यमा पार्टीको आगामी रणनीतिका बारेमा जानकारी दिएका थिए ।