• मंसिर १२ २०८१, बुधबार

उपत्यकामा पुगे १० हजार कोरोना संक्रमित

श्रावण २४ २०७८, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले १० हजार सक्रिय कोरोना संक्रमित रहेका छन् । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरि १० हजार एकजना सक्रिय संक्रमित छन् ।

काठमाडौंमा सबैभन्दा धेरै ७ हजार ३९ सक्रिय संक्रमित छन् भने ललितपुरमा १ हजार ७०३ र भक्तपुरमा १ हजार २५९ जनामा संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी तीन जिल्लामा हालसम्म २ हजार ९७६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै काठमाडौंमा १ हजार ९८०, ललितपुरमा ६०० र भक्तपुरमा ३९६ संक्रमितको मृत्यु भइसकेको तथ्यांक छ ।

यसैबीच, नेपालभर भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ । नेपालमा हालसम्म १० हजार ३८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ७ लाख १२ हजार ७४० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।