• बैशाख २७ २०८३, आईतवार

बुढानिलकण्ठ नगरपालिकाका सब इन्जिनीयर नियन्त्रणमा

श्रावण २२ २०७८, शुक्रबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट आज (शुक्रबार) नियन्त्रणमा लिएको हो ।

आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।