काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन् ।
आज राष्ट्रपति कार्यालयमा नेपाल चिकित्सक संघले आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा सबै नागरिक समक्ष स्वास्थ्य सेवाको पहुँच पुर्याउन राज्यको दायित्व रहेको बताउदै संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताइन् ।
कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणका गर्दैगर्दा नयाँ/नयाँ प्रजातिको भाइरस देखापरेको भन्दै उनले भनिन्, ‘कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने ठूलो जनशक्ति महिला स्वास्थ्यकर्मी भएकाले कोभिड–१९ विरुद्ध लड्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सरसफाइकर्मीप्रति सम्मान छ ।’