काठमाडौँ। एमालेका वरिष्ठ नेता माधव नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । शुक्रबार सो समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा पनि अध्यक्ष ओलीले आफ्नो समूहमाथि गालीगलौज गर्ने गरेको भन्दै ओलीले जति गाली गरेपनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका हुन्।
” केपी ओलीले मलाई जति नै गाली गरेपनि म अहिलेपनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि हाम्रो प्रयत्न जारी छ । ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने आशंका धेरै शाथीहरूले गर्नुभएको छ । तर, म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु,”
आजको बैठकले पार्टी एकतालाई जोड दिने निष्कर्ष निकालेको छ ।