• फाल्गुन २७ २०८२, बुधबार

जयसिंह धामी प्रकरणमा एक शब्द नबोलेर सरकारले बीपीको अपमान गर्‍याे : कोमल वली

श्रावण २२ २०७८, शुक्रबार

काठमाडौँ। राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको दाबी गरिन् ।

उनले वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै संवाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु वीपीकै अपमान भएको टिप्पणी गरिन् । उनले वर्तमान सरकारले देश चलाउन नसक्ने र नागरिकलाई सुरक्षा पनि दिन नसक्ने बतइन् ।

उनले भनिन् ‘नेपाली नागरिककाे अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो वीपीका अनुयायीहरूको चरित्र ? यो वीपी कोइरालाको अपमान हो । वीपीले बनाएको पार्टीको अपमान हो।’