• मंसिर ८ २०८१, शनिबार

क्रान्तिकारीका शाहीले गरे २ जना विरामीलाई आर्थिक सहयोग

श्रावण ११ २०७८, सोमबार

मान्म । अखिल क्रान्तिकारी कालिकोट जिल्लाका संयोजक मनसिंह शाहीले कालिकोट र हुम्लाका २ जना विरामीलाई आर्थिक सहयोग गरेका छन् ।

शाहीले काठमाडौं केएमसी अस्पतालमा टाउकोको अप्रेशन गराइरहेकी कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ६ निवासी रतन शाहीकी श्रमती जयकौरा शाहीका लागि १० हजार र अखिल (क्रान्तिकारी) हुम्ला जिल्ला कमिटी सदस्य कुमार बुढाथोकीको उपचारको लागि रु ५ हजार आर्थिक सहयोग गरेका हुन् ।

विरामीका आफन्तले उनले गरेको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।