कालिकोट । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपाल कालिकोट भकारी कार्यक्रम अन्तर्गत बरातुको पहिरो जोखिम र बरातुमा सम्भावना भएका जडिबुटी उत्पादन गर्नको लागि सुझाव दिइएको छ ।
बरातु सामुदायीक वन उपभोक्ता समूहको मातहतमा रहने गरी जडिबुटी खेती गर्ने सल्लाह र सहयोग गर्ने हुरेण्डेक कार्यालयबाट आएको भकारी कार्यक्रम प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रम अधिकृत भरत चौलागाईसँग आएको टोली जिविको पार्जन सामुदायीक वन भित्रका अति विपन परिवारलाई खाली र पाखो जमिनलाई उक्त परिवारलाई केही वर्षको लागि आर्थिकस्तर उन्नति होस भन्ने हेतुले यो कार्यक्रमको चलाइएको हो ।
चौलागाईंले समुदायलाई चाहिने आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बताउनु भयो । साथै जडिबुटीहरूको बुटा, आर्थिक बजेट र आवश्यक कुराको सहयोग गर्ने निर्णय भएको छ ।
अति विपन्न परिवार, आर्थिक विपन्न परिवारलाई समूहको मातहतमा रहने गरी उक्त परिवारलाई दिने निर्णय भएको छ ।
उपलब्ध गराइने जडिबुटीहरू निम्न रहेका छन् :
गुर्जो, कुरिलो, सुगन्धवाल, घोडामचो, टिमुर, तेजपात, बाँस, बोझो, पखनवेद, र औंलिसो आदि ।