• मंसिर १२ २०८१, बुधबार

मंगल सतहमा पानी बनाउने आशा जाग्यो

बैशाख १४ २०७८, मंगलवार

मंगल ग्रहमा मोक्सी नामक मेसिनले अक्सिजन बनाउन थालेपछि अब त्यहाँ पानी पनि बनाउन सकिने संभावनालाई नजिक ल्याएको छ । मंगल ग्रहको सतहमा कार्वनडायोक्साइड ठूलो मात्रामा छ । मोक्सीले यही कार्बनडाइअक्साइडबाट अणु अक्सिजन निकालेर बाँकी अणु कार्बनलाई त्यहाँको हावामा छोडिदिन्छ ।

यो प्रक्रियालाई परिमार्जन गरी त्यहाँको हावाबाट निकालिएको अक्सिजनलाई हाइड्रोजनसँग मिलाएमा पानी बनाउन सकिन्छ । तर मंगल ग्रहभरिमा पुग्ने पानीको मात्रा उत्पादन नगर्दासम्म त्यो पानी जीवनोपयोगी हुन सक्ने देखिदैन ।

mangal grah

तर पनि यसको सफलतम् प्रयोग कसरी गर्न सकिन्छ भनेर वैज्ञानिकहरु लागिपरिरहेका छन् । अहिलेकै प्रयासमा मंगल ग्रहमा पानी बनाउन सकियो भने अबका आउँदा दिनमा पानीको मात्रात्मक तथा गुणात्मक विकासमा वैज्ञानिकहरु लाागि पर्ने कुरामा आशंका छैन ।