• मंसिर ८ २०८१, शनिबार

उद्यम तथा व्यापारमा निर्णायक बन्दै डिजिटल प्रविधि

बैशाख ५ २०७८, आईतवार

अबका दिनमा विश्व व्यापारमा डिजिटल प्रविधि निकै प्रभावकारी र निर्णायक हुने देखिएको छ । अहिले विश्व व्यापारमा मूलतः तीनवटा प्रश्नहरु उठ्ने गरेका छन् : १. नयाँ डिजिटल प्रविधिले विश्व व्यापारमा कति प्रभाव पार्ला  ? २. के तपाईको व्यापार पनि डिजिटल प्रविधिसँग जोडिएको छ ? ३. निकै तीब्र गतिमा रुपान्तरण भैरहेको डिजिटल प्रविधिसँग के तपाई पनि अपडेट हुँदै व्यापारिक सेवा दिइरहनु भएको छ ?

Digital business

यी प्रश्नहरु यस्ता प्रश्न हुन्, जसले आगामी दिनमा आउने विश्व व्यापारमा जो कोही व्यापारीलाई कुनै पनि कुराबाट बिमुख र अनजान बनाउने छैनन् । अर्थात् अबको व्यापार डिजिटल व्यापार हो । यसका बारेमा व्यापारीहरु निकै जानकार रहनु जरुरी छ ।

सन् २०२१ को अन्त्यसम्म विश्वमा डिजिटल व्यापार नै प्रमुख प्रवृत्ति हुने छ । यसले विकसित, विकासशील र अल्प विकसित भनिने सबै देशहरुलाई बराबरी प्रभावमा पारिसक्ने छ । प्रविधिले संसारलाई एउटै साझा बजार बनाइसकेको छ । नेपालीले बेलायत तथा अमेरिकाबाट डिजिटल प्रविधिमार्फत् सामान मगाउने र उपभोग गर्ने गरिरहेका छन् ।

त्यसै गरी नेपाली अग्र्यानिक सामान तथा खानाहरु बेलायत र अमेरिकामा बसेका मानिसले नेपालबाट मगाएर उपयोग गरिरहेका छन् । यो डिजिटल व्यापारको उत्तम उदाहरण हो । सुरु भैसकेको छ, यसलाई सामान्यीकरण गर्न मात्र बाँकी छ । त्यसैले अहिले व्यापार तथा उद्यमशीलता गर्नुपूर्व हरेक उद्यमी तथा व्यापारीको व्यवहार डिजिटलमैत्री हुन जरुरी छ ।

प्रविधि प्रयोगमार्फत् चलेको विजनेसमा मोबाइल फोन, फेस बुक, इन्टरनेट, च्याट, पोकमन गो आदि रहेका छन् । डिजिटल पेमेन्टको सिस्टम चलेदेखि यो विजनेस निकै आरामदायी र भरपर्दो बन्दै गैरहेको छ ।