जनकपुरधाम । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई महामुर्खको उपाधि प्रदान गरिएको छ ।
मिथिला नाट्य परिषद् (मिनाप) ले होली पर्वको अवसर पारेर प्रत्येक वर्ष प्रदान गर्ने यो उपाधि हास्य कलाकार मह जोडीलाई संयुक्त रुपमा प्रदान गरेकाे हाे । जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा उपाधि ग्रहण गर्दै मह जोडीले मधेश, पहाड र हिमाललाई जोड्ने काम गरेको बताए ।
आइतबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनीहरु दुवै जनालाई मिनापले महामूर्ख घोषणा गरेको छ । मिनापले मुर्ख शिरोमणीको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरेको छ ।