• जेष्ठ २८ २०८२, मंगलवार

रेडक्रस काठमाडौँको ४१औं साधारण सभा सम्पन्न

माघ १७ २०७७, शनिबार

काठमाडौँ । नेपाल रेडक्रस सोसाईटी काठमाडौँ साखाको ४१ औं साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले मानव सेवा गर्ने भनेर स्थापना भएको रेडक्रस जस्तो पवित्र संस्थामा अनियमितता भएको सुनिनु दुखद कुरा भएको धारणा व्यक्त गरे।

राम्रा मान्छेभन्दा हाम्रा मान्छे तान्न खोज्दा संस्थाहरु बिग्रने बताउदै समाजसेवा गर्ने भनेर स्थापना भएका संस्थाहरुमा दलिय रुपमा चुनाव हुनु खराब पक्ष भएको समेत अधिकारीले बताए। कार्यक्रममा रेडक्रसकि केन्द्रिय उपाध्यक्ष सर्मिला कार्कीले दु:खपर्दा मानिसहरुले नेपाल रेडक्रसलाई सम्झिने बताउदै सेवाको भावना बोकेर मात्र यस संस्थामा आउनुपर्ने धारणा व्यक्त गरिन।

 

रेडक्रसमा  लिने होइन दिने मानिसको आवश्यकता हुने हुँदा मानवताको भावना बोकेको र बुझेको मानिसले आएर यसको अगुवाई गर्नुपर्ने बताईन। कार्यक्रममा बिशेष अथितिको रुपमा बोल्दै कार्कीले देश र समाजका अरु संघ संस्थाहरुमा जस्तै रेडक्रसमा पनि महिला सहभागिता न्यून रहेकोले अव यसमा महिला सहभागिता बढाउनुपर्ने समेत बताईन।

 

साखाको साधारण सभालाई सोसाइटीकि  बागमती प्रदेश उपाध्यक्ष कृष्णेस्वरी हाडा,टोखा नगरपालिका वार्ड नम्बर ११ का अध्यक्ष उत्तम अधिकारी,वार्ड नम्बर ८ का अध्यक्ष केशव खत्री,वार्ड नम्बर १ का अध्यक्ष कृष्ण अधिकारी,वार्ड नम्बर १० का अध्यक्ष मधुसुदन पाण्डे,वार्ड नम्बर ९ क अध्यक्ष जोग प्रसाद नेपाल लगायतले शुभकामना दिएका थिए।

साधारण सभा साखाका सभापति मथुरा राम श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सभाको बन्दसत्रले महामन्त्री श्यामकाजी डोटेलद्वारा प्रस्तुत २०७६/०७७ को कार्यप्रगति विवरण तथा २०७८/०८९ का लागि प्रस्तावित कार्यक्रम पारित गरेको थियो। साधारण सभाको अवसरमा नेपाल रेडक्रस र समाजका विभिन्न पक्षमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

-====