काठमाडौंं । कोभिड-१९ विरुद्धको खोप लगाउने अभियान अन्तरगत शुक्रबारसम्म ४६ हजार भन्दा धेरैलाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार ७७ जिल्लाका १६९ खोप केन्द्रबाट बुधबारदेखि शुक्रबारसम्म ४६ हजार १ सय ९७ जनालाई खोप लगाइएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विज्ञप्ती जारी गरेर जनाएका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमती प्रदेशमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ६ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिममा ३ हजार ७ सय ८३ जनालाई खोप लगाइसकिएको छ ।
मन्त्रालयका हरेक अस्पतालमा सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टीम तथा औषधीको व्यवस्थापन तयार पारेको जनाएको छ । खोप लगाएका कुनै पनि व्यक्तिलाई जटिलखालको समस्या नदेखिएको पनि मन्त्रालयले जनाएको छ ।