• मंसिर १२ २०८१, बुधबार

संसद विघटन बिरुद्ध अनेरास्ववियूद्वारा तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

माघ १६ २०७७, शुक्रबार

काठमाडौं । संसद विघटन बिरुद्ध नेकपा दाहाल नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । तेस्रो चरणमा अनेरास्ववियूले मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने लगायतका विभिन्न कार्यक्रम घोषणा गरेको छ । प्रतिगमनको पक्षमा सरकारी स्रोत र साधनको दुरुपयोग रोक्न आफुहरुले त्यही अनुसारको आन्दोलनको कार्यक्रम घोषणा गरेको अनेरास्ववियूले जनाएको छ ।

घोषित कार्यक्रमअनुसार माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापन पत्र पेश गर्ने, माघ २१ गते क्याम्पस अगाडी चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने र माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउने छन । संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा -याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।