काठमाडौं । अब विदेशबाट कोरोना भाइरस विरुद्धको खोप लगाएर आउनेलाई क्वारेन्टाइन बस्नुपर्ने प्रावधान हटाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्न नपर्ने मापदण्ड छिट्टै लागू हुने जनाएका छन् ।
शुक्रबार मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै विदेशमा कोरोनाविरुद्धको खोप लगाएर आएका पर्यटकहरुले नेपालमा क्वारेन्टाइन बस्नु नपर्ने मापदण्ड छिट्टै लागू हुने जनाएका हुन्। उनका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सिसिएमसी हुँदै मन्त्रिपरिषदमा लगेर निर्णय हुने बित्तिकै मापदण्ड लागू हुनेछ।
मन्त्री ढकालले खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने समेत बताए। हाल विदेशबाट आउँदा १० दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान छ।