काठमाडौं । कांग्रेस नेता भिमसेनदास प्रधानले अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र प्रधानमन्त्री केपी ओलीप्रति व्यंग्य गरेका छन् । उनले यी दुई नेतालाई जुम्ल्याहा दाजुभाई भएको भन्दै व्यंग्य गरेका हुन् ।
मास्क लगाएका कारण फरक देखिएको हो नत्र ट्रम्प र ओलीमा फरक नभएको उनको आरोप रहेको छ । प्रम ओलीप्रति कटाक्ष गर्दै नेता प्रधानले देशले जोकर प्रधानमन्त्री पाएको धारणा व्यक्त गरे । काठमाडौंको ६ नम्बर क्षेत्रमा भएको कांग्रेसको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
पूर्वरक्षामन्त्री समेत रहेको प्रधानले प्रधानमन्त्री ओलीले न्यायालयमाथि धम्कीको भाषा बोलेको दावी पनि गरे । संसद भंग बारेको बसहमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले अनुहारमा कालो पोतिने गरी फैसला नगर्ने उनको विश्वास रहेको छ ।