• बैशाख ११ २०८२, बिहीबार

सशस्त्र प्रहरी उपरीक्षक र वरिष्ठ उपरीक्षकमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान

माघ १५ २०७७, बिहीबार

काठमाडौं ।  सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।                                        सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट उपरीक्षक पदमा पदोन्‍नती भएका १५ जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरे ।
गृहमन्त्रीस्तरको माघ १४ गतेको निर्णयले ५ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा र गृहसचिवस्तरको माघ १२ गतेको निर्णयबाट १६ जना उपरीक्षकमा पदोन्‍नती भएका थिए ।
कार्यक्रममा महानिरीक्षक खनालले पदोन्‍नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको बताए । उनीहरूले राज्य र संगठनलाई पुर्‍याएको योगदानको साथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्‍नती गरिएको उनको भनाइ थियो।