• मंसिर १२ २०८१, बुधबार

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध : प्रधानमन्त्री

माघ १४ २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप निशुल्क उपलब्ध गराइसक्ने बताएका छन् । आज खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई निःशुल्क खोप उपलब्ध गराउने बताए ।

बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’ उनले खोप अभियान शुरु भए पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता काम कोरोना पूर्ण नियन्त्रण नभएसम्म जारी राख्न आग्रह समेत गरे ।

प्रधानमन्त्री ओलीले १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरे।