• जेष्ठ २७ २०८२, सोमबार

जब किसानले तरबार मच्चाउँदै प्रहरीलाई लेखेटे

माघ १४ २०७७, बुधबार

नयाँदिल्ली । भारतको गणतन्त्र दिवसको दिनमा मंगलबार त्यहाँका किसानहरुले विशाल ट्रयाक्टर र्यालीको आयोजना गरे । किसानमारा केन्द्र सरकार विरुद्ध त्यो र्याली लक्षित थियो ।

यतिबेला प्रहरीसँग किसानको हिंस्रक झडपसमेत भएको छ । वास्तवमा किसानले विभिन्न स्थानमा तारबार तोडेर दिल्लीमा प्रवेश गर्ने कोसिस गरिरहेका थिए । तत्पश्चात् दिल्ली प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेको हो ।

यसका कारण रिसाएका एक किसानले तरवार निकालेर प्रहरीलाई नै लखेटिदिए । अक्षरधाम मन्दिर नजिकै किसानलाई रोक्नका लागि तारबार लगाइएको थियो ।

केही किसानको जमातले ट्रयाक्टरसहित ब्यारिकेडिङ तोडेर दिल्लीतर्फ छिर्ने कोसिस गर्दा प्रहरीले अश्रु ग्यासको गोला छोडे र उनीहरुमाथि लाठीचार्ज गरे, किसानलाई त्यहाँबाट लखेट्न सुरु गरियो ।

यो देखेर रिसाएका एक किसानले तरवारमार्फत् प्रहरीहरुलाई तर्साउने कोसिस गरे र उनीहरुलाई पछि हट्न बाध्य पारिदिए । किसानको ट्रयाक्टर र्याली दिल्लीमा प्रवेश गरेसँगै त्यहाँको धेरैजसो स्थानमा भारी जामको स्थिति पैदा भयो ।