• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्रीको पक्षमा उभिनु नै राष्ट्रियताको पक्षमा उभिनु हो : मुख्यमन्त्री पोखरेल 

माघ १३ २०७७, मंगलवार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको पक्षमा उभिनु नै राष्ट्रियताको पक्षमा उभिनु भएको जनाएका छन् ।

बुटवलमा मंगलबार युवासंघ नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदैै नेकपा ओली पक्षका नेता समेत रहेका पोखरेलले नेपालको गुमेका भुभाग समेटेर चुच्चे नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री माथि घेराबन्दी गरिएको बताए ।  ‘जुन दिन चुच्चे नक्सालाई संसदमा प्रवेश गराएर सर्वसम्मत पारित गर्नुभयो । त्यही दिनबाट प्रधानमन्त्रीबाट घेराबन्दी सुरु भयो ।’ उनले भने ‘आजको शंकट त्यही चुच्चे नक्साका कारणले हो।’

मुख्यमन्त्री पोखरेलले प्रचण्डका कारण संवैधानिक निकायमा नियुक्त हुन नसकेको समेत बताए । कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार लगायतका संवैधानिक निकायमा नियुक्ती गर्न नदिएको आरोप लगाए । उनले भने -‘त्यो अख्तियार खाली राख्ने प्रचण्डको नियत के हो? कारवाही गर्ला भन्ने नाममा अख्तियारलाई खाली राख्ने षडयन्त्र गरिएको थियो। त्यो षडयन्त्रलाई प्रधानमन्त्रीले चकनाचुर पार्नुभएको छ ।´