• मंसिर ८ २०८१, शनिबार

विद्यार्थीको भविष्य बर्वाद पार्दै राष्ट्रिय परिक्षा बोर्ड

माघ १३ २०७७, मंगलवार

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्न ढिलागर्दा विद्यार्थीको पढाईमा एकवर्ष घाटा भएको छ । सिटिइभिटीबाट पास गरेका विद्यार्थीहरूका लागि अहिलेसम्म स्नातक पढ्न न भर्ना खुल्छ न त सरकार र विश्वविद्यालयले यस बारेमा कुनै जानकारी नै दिएको छ ।

यसले गर्दा नेपालमा पढ्न मन भएका विद्यार्थीहरू निरास भएका छन् । उनीहरुको प्रश्न छ की,‘आफूसँग पढेका साथीहरु भारत लगायतका अन्य अरुदेश गएर पढिरहेका छन् र उनीहरुको पढाई आफ्नो भन्दा अगाडि सकिन्छ तर नेपालमा हाम्रो हालत भने यस्तो छ, नेपालमा पढाई किन ढिला सकिन्छ ?

यसको जवाफ सरकारले किन दिइरहेको छैन ?’ सरकारी तहबाट हुने यी र यस्ता कारणले पनि विद्यार्थीहरु विदेशीन बाध्य भएका छन् । यसै त नेपालमा परीक्षाको नतिजा ढिलो आउने गथ्र्यो झन यो वर्ष त कोरोना निहुँ देखाएर परिक्षा अहिलेसम्म हुने वा नहुने कुनै सूचनासम्म दिइएको छैन ।

यस्तो अवस्थामा विद्यार्थीको हक र हितका लागि काम गर्छौं भन्ने नेता र संगठनहरु कता छन् ? उनीहरुको अर्को प्रश्न पनि छ । यस बारेमा अहिलेसम्म कसैले नबोलेको देख्दा उनीहरुलाई निकै अचम्म लागिरहेको छ ।

उनीहरु आफै पनि आवाज उठाइरहेका छन् तर कसैले सुनुवाई गरेको छैन । विद्यार्थीको समस्या समाधान गर्नको लागि विभिन्न तहमा खोलिएका विद्यार्थी संगठनहरुप्रति पनि उनीहरुको गुनासो छ ।

नेपालमा पढाई नियमित भएन भने धनी र हुनेखानेका छोराछोरी पो विदेश पढ्न जालान् तर गरीब किसान र मजदूरका छोराछोरी कसरी के गर्ने ? कहाँ गएर पढ्ने ? विद्यार्थीहरुको सामुहिक प्रश्न रहेको छ । सम्बन्धित निकायले यसको जवाफ दिनुपर्ने उनीहरुको माग रहेको छ ।