• मंसिर १२ २०८१, बुधबार

निर्वाचन आयोगको निर्णयबारे आन्तरिक छलफलपछिमात्रै पार्टीको आधिकारिक धारणा आउने 

माघ १२ २०७७, सोमबार

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णयप्रति आफ्नो समूह सन्तुष्ट नभएको जनाएका छन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले आयोगको निर्णयप्रति आफ्नो समूह असन्तुष्ट रहेको जनाउँदै अब अदालत जाने कि आयोगमा जाने भन्नेमा पार्टीले सबै कागजी प्रमाण हेरेर निर्णय गर्ने स्पष्ट पारे । उनले पार्टीको आधिकारिक धारणा आन्तरिक छलफलपछि मात्रै आउने बताएका छन् ।

पूर्वमन्त्री पुनले संसद् पुनर्स्थापना विकल्प नभएको प्रस्ट पार्दै त्यो नै वर्तमान राजनीतिक निकासको बाटो भएको जिकिर गरे । उनले वतर्मान ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई विद्युतको सही व्यवस्थापन गरेर काम गर्न सुझाव दिए ।