काठमाडौं । प्रधानमन्त्री एवं सत्तासीन नेकपा अध्यक्ष ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको आइतबार बसेको बैठकले साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।
पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। यसअघि शनिबार पदाधिकारीहरूको अनौपचारिक छलफलपछि आइतबार ओलीलाई पार्टीको साधारणसभाबाट हटाउने कार्यसूची तय गरिएको थियो।