• बैशाख ११ २०८२, बिहीबार

क्रान्तिकारी पत्रकारको बैठकः पत्रकार महासंघको चुनावमा सकृयतापूर्वक लाग्ने निर्णय

माघ ११ २०७७, आईतवार

काठमाडौं । पत्रकारहरुको हितमा कृयाशील क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय समितिको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । शनिबार सम्पन्न भर्चुअल बैठकले सो संगठनको चौथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेश हुँदैजिल्ला र प्रतिष्ठानसम्म उमेदवारहरु तय गरेको समाचारमा जनाइएको छ । सो संगठनका कार्यबाहक अध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालद्धारा आइतबार जारी विज्ञप्तिमा सो जानकारी दिइको छ ।

त्यस्तै केन्द्रीय समितिको बैठकले वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र अग्रगामी शक्तिसहितको साझा मोर्चा बनाई पत्रकार महासंघमा साझा चरित्रको नेतृत्व चयनका लागि विभिन्न सञ्चार सम्बद्ध संघ-संगठनहरुसँग छलफल र वार्ताका लागि संगठनका कार्यवाहक अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, महासचिव र २ जना केन्द्रीय सदस्य सम्मिलित समिति गठन गरिएको छ ।

त्यसैगरी बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सुनिश्चितताका लागि संघर्ष गर्ने निर्णय गरेको छ । नयाँ जनवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु संगठनको मुख्य अभिष्ट भएको र त्यसको आधार निर्माण गर्न संगठनले क्रान्तिकारी ध्रुविकरण अभियान चलाउने र देशभर प्रदर्शन तथा अन्तक्रिया कार्यक्रम देशव्यापी रुपमा अभियान र सशक्त संघर्षका कार्यक्रमहरु गर्ने बैठकले ठोस गरेको छ ।