काठमाडौँ। देशभर थप २७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप २७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ । यस्तै हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ।
यस्तै पछिल्लो २४ घण्टामा ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल संख्या दुइ हजार एक जना पुगेको छ ।