• बैशाख ११ २०८२, बिहीबार

मुख्यमन्त्री राई बाँधिए विवाह बन्धनमा

माघ ११ २०७७, आईतवार

२०१८ कि मिस मंगोल २० वर्षिया ज्याङ्गमु शेर्पासंग लगनगाँठो कसेर प्रदेश नम्बर १ का मुख्यमन्त्री ४९ वर्षीय शेरधन राई आधिकारिक रुपमा वैवाहिक जीवनमा प्रवेश गरेका छन्।

आईतवार राजधानी काठमाडौँमा नेकपाका सिमित नेता तथा कार्यकर्ता र आफन्तहरुको बिचमा एक वैवाहिक समारोह गर्दै राई र शेर्पाले विवाह गरेका हुन्।

किराती समुदायको परम्परागत भेषभूषामा सजिदै राई र शेर्पाले लगनगाँठो कसेको मुख्यमन्त्री राईका प्रेस संयोजक धुर्व सुवेदीले बताएका छन्।

तस्विर धुर्व सुवेदीको फेसबुक वालबाट