हाम्रो पृथ्वी रहेको सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति अबका २२ दिनका लागि अस्ताएका छन् । वृहस्पति पृथ्वीबाट नदेखिने भएका छन् । माघ ११ गते बिहान ११ बजेर ५८ मिनेटजाँदा पश्चिममा अस्ताउने बृहस्पति आउने फागुन २ गते दिउँसो १२ बजेर ४२ मिनेट जाँदा मात्र फेरि पूर्वबाट उदाउने छन् ।
सूर्यको परिभ्रमणका क्रममा ग्रहहरु कहिले नजिक त कहिले टाढा हुनु स्भाविकै हो । ग्रहहरु आफैले तय गरेको अण्डाआकारको कक्षमा घुम्दै र सूर्यको परिक्रमा गर्दै गर्दछन् । यस अबस्थामा कुनै ग्रह पृथ्वीको नजिक त कुनै ग्रह पृथ्वीको टाढा रहने गर्दछन् ।
हाल खगोल विज्ञानले यसको अध्ययनलाई सजिलो र व्यवहारिक बनाइदिएको छ । तथापि वृहस्पतिको केही दिनका लागि अस्तको कुरा हाल ज्योतिष शास्त्रअनुसार बाहिर ल्याइएको हो । यसको वस्तुगत कारण र तथ्यबारे नेपालको वैज्ञानिक संस्था नास्ट बोलेको छैन । नेपाली जनजीवन, धर्म र संस्कृतिभन्दा यो टाढा रहेको बोध भैरहेको छ ।
तर ज्योतिष शास्त्र आफैमा एक खगोलीय विज्ञान हो । खगोल विज्ञान यसैको आधारमा विकास भएको हो । ज्योतिष शास्त्रले बताएअनुसार हरेक ग्रहको उपस्थिति र अनुपस्थितिको आफ्नै अर्थ र प्रभाव हुन्छ । पृथ्वी आफैमा वस्तु हो । मानिस पनि वस्तु नै हो । बस्तुको गुरुत्वाकर्षण र गुरुत्व बल हुन्छ भनेर हामी आफैले स्वीकार गरेका छौं ।
त्यसैले पनि पृथ्वीबाट देखिने अन्य कुनै वस्तु वा ग्रहको सकार र नकार प्रभाव पृथ्वीमा र स्वतः त्यो मानिसमा पर्नु वैज्ञानिक र वस्तुगत कुरा हो । ज्योतिष शास्त्रमा एक वस्तुले अर्को वस्तुमा पार्ने प्रभावको धर्म र संस्कृति पक्षबाट राम्रो व्याख्या गरिएको पाइन्छ । जस अनुसार बृहस्पति र शुक्र अस्तको समयमा कुनै पनि धर्मकर्म गर्दा फल प्राप्ति नहुने कुरा स्वीकार गरिन्छ । यो भनेको अन्य ग्रहका अनुपस्थिति र उपस्थितिले पृथ्वी तथा मानव जीवनमा निरन्तर पार्ने प्रभाव र त्यसले निम्त्याउने प्रतिफल हो ।
ज्योतिष शास्त्रअनुसार ३० माघ बिहान ७ बजेर ६ मिनेटजाँदा शुक्र पूर्वतिर अस्ताउँदैछन् । आउने चैत मसान्तसम्म पनि शुक्र उदाउने छैनन् । यसले पृथ्वी तथा मानव जीवनमा पार्ने प्रभाव नकारात्मक बढि हुने देखिएको छ । मानव जीवनमा हुने र गरिने धर्म संस्कारका कामहरु यो समयमा रोक्दा राम्रो हुने ठम्याई ज्योतिषशास्त्रीहरुको रहेको छ ।
इसमा विवाह, व्रतबन्ध, सप्ताह, लाखबत्ति, यज्ञयज्ञादि र रुद्रिसम्मका काम गरे त केही हुँदैन । प्रतिफल भने हात नलाग्ने देखिन्छ । तर आकस्मिक हुने कर्म, न्वारान, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण कर्म गर्न हुने बर्जित मानिदैन । धर्म शास्त्रअनुसार सृष्टिका दुई अति शक्ति देवता र दैत्य हुन् । मानिस यिनीहरुको दाँजोमा केही पनि होइन । यी दुई अतिशक्तिमा देवताका गुरु वृहस्पति र दानवका गुरु शुक्र हुन् । शुक्रलाई शुक्राचार्यका नामले पुकारिन्छ ।
वृहस्पति अस्त हुनुको कारण यस वर्ष सूर्य परिभ्रमणका बेला आफ्नो कक्षमा घुम्दै जाँदा बृहस्पति ग्रह पृथ्वी नजिक पुगेर एउटै लाइनमा पर्न गएपछि सुर्यको प्रकाश पृथ्वीमा पर्नजाँदा सरल रेखामा पछाडि पर्न गएको वृहस्पतिमा पृथ्वीको छायाँ पर्न गई वृहस्पति नदेखिनु हो । त्यसै गरी घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सुर्यको प्रकाश पृथ्वीमा परी पृथ्वीको छायाँले शुक्र नदेखिनु शुक्रास्त हो ।
ज्योतिषशास्त्रअनुसार हरेक वर्ष शुक्र र वृहस्पतिको अस्त हुन्छ ।