• बैशाख ११ २०८२, बिहीबार

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

माघ ११ २०७७, आईतवार

मन्थली । रामेछापको मन्थली नगरपालिका वडा नम्बर-१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले रामेछाप प्रहरीसँगको समन्वयमा वडा अध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ गरेको हो ।

बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको छ ।

बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमीस्थित डेरामा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् । मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो ।

रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ । अदालतबाट म्याद लिएर बोहरामाथि अनुसन्धान गरिने डिएसपी कँडेलले बताए ।