काठमाडौं । मकवानपुरमा बोलेरो जिपमा आगजनी भएको छ । विप्लव नेकपाले आज नेपाल बन्दको आजयोजना गरेको छ । बन्दको अवज्ञा गरेको आरोपमा सो पार्टीले बोलेरो जलाएको अनुमान गरिएको छ ।
काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले बताए । मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ ।
आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ ।
सो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिबार सो पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । बाँस्तोलालाई महानगरीय पहरी परिसर ललितपुरमा राखिएको छ । वार्ताको नाटक गरेर ओली बादल समूहले आफ्नो पार्टीका नेतालाई गिरफ्तार गरेको सो पार्टीको आरोप रहेको छ ।